काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा रेडियो नेपालका प्रथम गायक तथा विशिष्ट रंगकर्मी एवं अभिनेता स्वर्गीय हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्तीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । रिमालको जन्मजयन्ती पारेर शुक्रबार राजधानीको मध्य वानेश्वरस्थित रिमालकै निवासमा अर्धकदको प्रतिमा पनि अनावरण गरियो । समारोहमा कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठी, संस्थापक संरक्षक कल्याणी रिमाल,…