काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलामा पाथीभरास्थित मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षण तथा केवलकार आयोजना खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ । मुक्कुमलुङ ताङ्से–चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘मुन्धुमी स्थल मास्ने केवलकार चाहिँदैन’, ‘मुक्कुमलुङ/पाथीभरा केवलकार आयोजना सम्पूर्ण निर्माण कार्य तत्काल रोक’ लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीहरूले मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक…