काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा बसेको केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठकले संगठन निर्माण, पार्टी तथा जनवर्गीय संगठनको समायोजन, सदस्यता वितरण तथा नवीकरणलाई जोड…