काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले नेपालमा राजसंस्था पुनर्स्थापना गर्नुपर्ने र वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लुईटेलले बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रका नाममा मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता कमजोर बनाइएको आरोप लगाए । उनले राजसंस्थाले नेपालको सार्वभौमिकता, स्वाधीनता र…