काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आफ्नो सम्बन्ध ठीक रहेको दाबी गरेका छन्। प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा नबोलाइएका अर्थमन्त्री वाग्लेले मंगलबार व्यवसायीहरुसँगको भेटमा आर्थिक एजेण्डामा समन्वय भइरहेको दाबी गरेका हुन्। उनले आफ्नाविरुद्धमा अफवाह फैलाइएको दाबी गर्दै त्यसको पछि नलाग्न उद्यमीहरुलाई आग्रह गरे। सम्बद्ध स्रोतहरुका अनुसार प्रधानमन्त्री शाहसँग वाग्लेको सामान्य भेटघाटसमेत विरलै…