काठमाडौं। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारत सरकारले भ्रमणमो निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी दिएका हुन्।
उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै नेपाली प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिएको बताएका हुन्। यस क्रममा कहिले भ्रमण हुने? र कहिलेका लागि दिएको? भन्ने स्पष्ट भएको छैन।
पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै जिज्ञासा राखेका थिए। उक्त प्रश्नको जवाफमा जैसवालले भने, ‘नेपालका प्रधानमन्त्रीको भ्रमणबारे निमन्त्रणा गइसकेको छ।’




















प्रतिक्रिया