रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सबैले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बन्न नसक्ने बताएका छन् । शपथग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले धेरै दल मिलेर सरकार बनेकाले सबैले खोजेजस्तो सानो मन्त्रिमण्डल बन्न नसक्ने प्रष्टीकरण दिए । बाहिर हल्ला भएजस्तो जम्बो मन्त्रीमण्डल भने नबनाइने उनको दाबी छ । मेरोभन्दा पनि हाम्रो भन्ने सामूहिक विचारका साथ काम…