Logo

गण्डकी प्रदेश

खगराजले पेस गरेको दाबी असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई भेटे



पोखरा । एमाले नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उक्त दाबी असंवैधानिक भएको भन्दै कांग्रेस सांसदहरू निवेदन लिएर प्रदेश प्रमुखकहाँ पुगेका छन् । उपनेता विन्दुकुमार थापाको नेतृत्वमा उनीहरू प्रदेश प्रमुख डिल्लीराज भट्टको सरकारी निवास पुगेका हुन् ।

‘मुख्यमन्त्री बन्ने नबन्ने कुरा होइन । दाबी नै गलत र असंवैधानिक छ,’ थापाले भने, ‘यो रोकिनुपर्छ । गलत नजिर कायम गर्नु हुँदैन ।’ प्रदेश प्रमुखलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट्ने कार्यक्रम छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार अधिकारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन लिएर दाबी पेस गरेका हुन् । कांग्रेसले सभामुखले राजीनामा नदिई हस्ताक्षर दिन नमल्ने बताएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार २०:३०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।