Logo

प्रमुख समाचार

लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिँदै



बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले तीन जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री महराले माओवादीबाट दिपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । लुम्बिनीमा चैत २३ गते महरा ५ दलका ४८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका थिए ।

मुख्यमन्त्री महरासहित मन्त्रीहरुले आजै शपथग्रहण गर्ने भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १४:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।