काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको सत्ता गठबन्धन टुटेपछि नेकपा (एमाले) सत्तामा फर्किएको छ । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरुलाई बर्खास्त गर्दै एमालेसहितको मन्त्रिमण्डल गठन गरेका हुन् । गत २०७९ फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनलाई लिएर टुटेको एमाले–माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको मुखमा आएर जोडिएको हो…