काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ ।
शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष मन्त्री नियुक्तिबारे जानकारीसमेत दिइसकेका छन् । तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन् । लिखित जानकारी केही बेरपछि पठाइने बताइएको छ ।
नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन् ।




















प्रतिक्रिया