काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा दलहरूबीच उम्मेदवारको भागबण्डाका विषयमा छलफल हुनेछ। राष्ट्रियसभामा २० सिट खाली हुँदैछ। सत्ता गठबन्धनका दलहरू लगातार छलफलमा जुटे पनि सिट कसरी बाँडफाँड गर्ने भन्ने…