Logo

प्रमुख समाचार

राष्ट्रियसभा निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन बैठक जारी



काठमाडौं । राष्ट्रियसभा निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट सुरु भएको हो ।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी भएका छन् । राष्ट्रियसभाको भागबण्डा मिलाउन मंगलबार र बुधवार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच मात्र छलफल भएको थियो ।

कांग्रेस र माओवादीका नेताहरूको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित बैठक बोलाउने सहमति भएको छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १६:३०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।