Logo

प्रमुख समाचार

पूर्वराजा ज्ञानेन्द्रले किन बोलाए राप्रपाका पाँच नेतालाई आज भैरहवा ?



काठमाडौँ । दुई साता देखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेता बिहान त्यहाँ पुगेका छन् ।

पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भैरहवा बोलाएपछि अध्यक्ष राजेन्द्र लिंदेनका साथै बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंह ज्ञानेन्द्र भेट्न बुधबार बिहान त्यहाँ पुगेका हुन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसंगको भेटमा पूर्वराजा शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएका हुन् ।

भेटपछि नेता रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन् ।

पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अध्यक्ष राजेन्द्र लिंदेन,बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंह ज्ञानेन्द्रलाई बुधबार भैरहवा बोलाएर भेटघाट गरेका थिए ।

उनीहरूलाई ज्ञानेन्द्रले केका लागि बोलाएका हुन् केही खुलेको छैन । ज्ञानेन्द्रसँग बिहानको खानासँगैको छलफलपछि साँझ साढे छ बजे काठमाडौं फर्कने उनीहरूको टिकट छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।