Logo

प्रमुख समाचार

यति धेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा सक्रिय भएको अन्य कुनै देश मैले देखेको छैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यति धेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा सक्रिय भएको अन्य कुनै देशमा आफूले नदेखेको बताएका छन् ।

पूर्वकर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देश र नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा रहेको टिप्पणी गरे ।

उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा देश र नेपालको राजनीति नै परेको छ । मिलेपनि उहाँहरु, झगडा गरेपनि उहाँहरु । मैले पढेको डेमोक्रेसिमा चाहिँ यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन ।

अहिले म यहाँबाट गठबन्धनको बैठकमा जान्छु एकले अर्कालाई नमस्कार प्रधानमन्त्रीज्यू भन्छन् । एउटा भएका एउटा हुनेवाला, अर्का पूर्व प्रधानमन्त्री हुन्छन् ।

अहिले ५ बजे प्रमुख प्रतिपक्षसँग बैठक छ त्यहाँ पनि एउटा प्रधानमन्त्री, अर्को हुनेवाला र अर्को हुनसक्ने प्रधानमन्त्री । जताजतै यतिधेरै प्रधानमन्त्री भएको देश मैले देखेको छैन ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार २०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।