काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। शनिबार नेपाली कांग्रेस वागमती प्रदेशको सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेकोले भन्दै प्रदेश सरकारले राखेका मागहरु पूरा गर्न आग्रह गरे। कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन…