Logo

राजनीति

अनेरास्ववियु गण्डकी प्रदेशको अध्यक्षमा प्रवीण श्रेष्ठ सर्वसम्मत



काठमाडौं  । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रवीण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरामा भएको अनेरास्ववियु गण्डकी प्रदेशको प्रथम अधिवेशनले श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय प्रदेश कमिटी निर्माण भएको हो ।

कमिटीको उपाध्यक्षद्वयमा कास्कीका शुसन घिमिरे र स्याङ्जाका विश्वदर्शन पराजुली, सचिवमा नवलपुरका सुरज सापकोटा चयन भएका छन् ।

यसैगरी उपसचिवहरूमा कृति भट्टराई, स्वीकार पोखरेल, दिनानाथ लामिछाने र अनिल कुवर चयन हुँदा कोषाध्यक्षमा विक्रम क्षेत्री सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  १ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।