Logo

भारतमा १४१ सांसद निलम्बित, माेदीले ‘प्रतिपक्षमुक्त’ संसद बनाउन खाेजेकाे आरोप

एजेन्सी । भारतीय संसदबाट सांसदहरुको निलम्बन जारी छ । चालु शीतकालीन सत्रमा मंगलबार ४९ लोकसभा सांसद निलम्बित भएका छन् । सोमबार ७८ सांसद निलम्बित भएका छन् । मंगलबार निलम्बित सांसदसहित अहिलेसम्म निलम्बित सांसदको संख्या १४१ पुगेको छ । जसमध्ये ९५ लोकसभा र ४६ राज्यसभा सांसद छन्। यसअघि यति ठूलो संख्यामा सांसद निलम्बनमा परेका थिएनन् ।…