काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरेका छन् । इजरायल र हमास समूहबीचको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरू आफ्ठ्यारोमा परिरहेका सन्दर्भमा मंगलबार दुई देशका परराष्ट्र मन्त्रीहरूबीच टेलिफोट वार्ता भएको हो । त्यस क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा सार्न र घर फर्कन चाहनेहरूका लागि सहजीकरण गर्न आग्रह…