काठमाडाैं । नेकपा (एमाले)ले सचिवालय बैठक बसिरहेकाे छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजेबाट सचिवालय बैठक सुरु भएकाे एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए ।