Logo

प्रमुख समाचार

भीम रावलको प्रश्न : एमसीसी नेपालकै हितमा हो भने अमेरिकीहरूबाट धम्की र कार्यान्वयनकाे दबाब किन ?



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको धम्की तथा कार्यान्वयनका लागि दिइरहेको दबाबले एमसीसी नेपालको हितमा नरहेको पुष्टि गर्ने धारणा व्यक्त गरेका छन् । शनिबार सामाजिक संजालमाफर्त उनले ‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?’ भन्दै प्रश्न गरेका छन् ।

नेता रावलले लखेका छन्, ‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्न्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ? अमेरिकी सहायक मन्त्री आउँदा प्रमंदेखि ठूला दलका नेताहरूले ‘भेवार्ता’ गर्नैपर्ने कुराको रहस्य के हो ?’

एमसीसी कार्यान्वयनको दाबाब दिन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपालको आएका छन् । त्यसै सन्दर्भमा नेता रावलले यस्तो आशंका गरेका हुन् ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार १२:३०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।