काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध कैसँग सम्झौता नगर्नेगरी दृढताका साथ एक्सनमा उत्रिएको बताएका छन् । उनले केही समयभित्र भ्रष्टाचारविरुद्ध ‘ठूलाठूला एक्सन’ हुन लागेको दाबी समेत गरेका छन् । शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीय प्रचण्डले जनयुद्धमा जसरी नै…