Logo

सरकार र पुनबीचको निर्णायक वार्ता साढे पाँच बजे प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन र सरकारबीचको निर्णायक वार्ता आज (आइतबार) नै हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा आजै दिउँसो भएको पहिलो चरणको वार्ता सकारात्मक भएको र दोस्रो चरणको निर्णयक वार्ता आजै प्रधानमन्त्री कार्यालयमा हुने र त्यसका लागि तीन सदस्यीय टोली बनाइएको डा. पुन निकट स्रोतले जानकारी दियो…