काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न लामिछाने बालुवाटार पुगेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएको उनको सचिवालयले जनाएको छ । नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।
रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्नेबारे छलफल गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ ।
प्रतिक्रिया