Logo

आजको तस्बिर

महावीर पुनको धर्ना पानी र हावाहुरीमा पनि जारी, सरकार र पुनबीच वार्ता सकारात्मक(तस्बिरहरु)



काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे मागसहित माइतीघरमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको धर्ना तेस्रो दिन पानी र हावाहुरीमा पनि जारी छ ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै आन्दोलनस्वरुप शुक्रबारबाट सुरु गरेको धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच आइतबार दिउँसो रक्षा मन्त्रालयमा भएकोछलफल सकारात्मक कुराकानी भएको पुनले जानकारी दिए ।

हेर्नुहाेस् तस्बिरहरु :-

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १५:३४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।