नेकपा एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरू नेकपा एमालेमा फर्किने तयारीका लागि छलफलमा जुटेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन इच्छुक देखिएका छन् । पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले लामो समयदेखि नेकपा एसभित्र फरक मत राख्दै आएका…