काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद शक्ति बस्नेतले संक्रमणकालीन न्यायासम्बन्धी विधेयकलाई संसद्मा प्राथमिकाका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभाको बैठकमा बस्नेतले संविधानको कार्यान्वयनसँग पनि सम्बन्धित भएकाले विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने…