काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारका लागि बोलाइएको छ । पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने बैठकमा समानुपातिक सांसदबारे निर्णय हुने बताइएको छ । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् ।