नेकपा एमालेलाई राष्ट्रपति नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)माथि पार्टीभित्रबाटै दबाब बढेको छ । पार्टीको जारी स्थायी कमिटीको बैठकमा पुस १० को सहमतिअनुसार एमालेलाई सर्वसम्मत राष्ट्रपति नसुम्पिन अधिकांश नेताहरुले प्रचण्डमाथि दबाब बढाएका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे पार्टी नेताहरुसँग सुझाव मागेपछि माओवादी नेताहरुले एमाले लाई राष्ट्रपति दिन नहुनेमा जोड दिएका हुन् । एमाले अध्यक्ष…