नेकपा एमालेलाई राष्ट्रपति नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)माथि पार्टीभित्रबाटै दबाब बढेको छ ।
पार्टीको जारी स्थायी कमिटीको बैठकमा पुस १० को सहमतिअनुसार एमालेलाई सर्वसम्मत राष्ट्रपति नसुम्पिन अधिकांश नेताहरुले प्रचण्डमाथि दबाब बढाएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे पार्टी नेताहरुसँग सुझाव मागेपछि माओवादी नेताहरुले एमाले लाई राष्ट्रपति दिन नहुनेमा जोड दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले जतिवेला पनि अप्ठ्यारो पार्न सक्ने भएकाले वेलैमा सचेत हुनुपर्ने उनीहरुको भनाइ थियो ।
यसअघि ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्डको सहकार्यमा ब्रेक लागेको थियो । तर, कांग्रेस नेतृत्वको गठबन्धनमा चुनाव लडेका प्रचण्ड प्रधानमन्त्री नपाएकोले ओलीसँग सहकार्य गर्न गरेका थिए




















प्रतिक्रिया