काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक सकिएको छ । काठमाडौंको बत्तिसपुतलीस्थिति अनुपम फुटल्याण्डमा आज (आइतबार) बिहान बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको नेताहरुले बताए । प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।…