काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाइसकिएको भएपनि विवाद थप चर्किँदै गएको छ । पार्टीभित्रको असहमतिकै बिच शनिबार राप्रपाले समानुपातिकबाट प्रतिनिधिसभा र प्रदेशसभामा सांसद बन्नेको सूची पठाएको थियो । तर यो विषय राप्रपाभित्र थप पेचिलो बन्दै गएको छ । गण्डकी प्रदेशसभामा कास्कीबाट समानुपातिक सांसद नछानिएको भन्दै कास्की र गण्डकीको प्रदेश…