Logo

जबरामाथिको महाभियोग निष्प्रभावी पार्ने पत्रविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ

काठमाडौं । संघीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग निष्प्रभावी भएको भन्दै थमाएको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दयार भएको छ । महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकिएको र चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले मंगलबार कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसका जवाफमा बुधबार संसद् सचिवालयका महासचिव भरतराज गौतमले…