काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया जारी छ । राष्ट्रिय सभागृहमा निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारीका लागि दरखास्त फारम वितरण गरिने बताए । दिउँसो १ बजेपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने जानकारी दिए । उनले दर्ता भएका उम्मेदवारहरूको नामावली प्रकाशन गरिने बताए ।…