काठमाडौं । मधु आचार्यले नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन् ।
उम्मेदवारी दर्ता गर्ने दिन आज उनले उपसभापतिमा मनोनयन दर्ता गराउने बताए । विशेष महाधिवेशन र रूपान्तरण एजेन्डाको कार्यभार पूरा गर्न उपसभापतिमा उम्मेदवारी दिने आचार्यको भनाइ छ ।
महाधिवेशनअन्तर्गत आजै मनोनयन दर्ता हुँदैछ । अहिले मनोनयद फारम वितरण भइरहेको छ । मनोनयन दर्ता १२ बजेदेखि अपराह्न चार बजेसम्म हुनेछ ।




















प्रतिक्रिया