काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार गणेश लामाले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने बताएका छन । कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लामाले आफूले लामो समयदेखि पार्टीमा काम गरेको अनुभवका आधारमा उम्मेदवारी दिएको बताए । उनले आफू दुई पटक महाधिवेशन प्रतिनिधि, दुई पटक महासमिति सदस्य…