काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्ने भएको हो ।
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ ।
बैठकमा ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशुली विपद्’ सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा तथा विविध विषयमा छलफल हुने भएको छ ।
संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्ने भएको छ । बैंठकमा प्रस्तावित राजदूत उपर प्राप्त उजुरी खोल्ने र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गर्ने विषयमा छलफल हुने भएको छ ।




















प्रतिक्रिया