Logo

निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीलाई निष्कासनको पनि जानकारी

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ । देउवा पक्षको पत्रमा कांग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको उल्लेख छ । यसका साथै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरिएको पत्र समेत आयोगमा पठाइएको छ ।