Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुन:स्थापनाबारे निर्णय हुने बताइएको छ ।