नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ ।ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले मंगलबार शीर्ष नेताका घर, पार्टी कार्यालयलाई निशाना बनाएर आगजनी तथा तोडफोड गरिरहेका छन् ।