काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा जापानलगायतका देशहरुमा मानव तस्करी गर्ने मानिसहरु सदनभित्रै रहेको बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले मानव तस्करलाई कारबाही गर भन्नेहरु नै कन्सल्टेन्सीमार्फत भिजिट भिसामा जापानलगायतका देशहरुमा मान्छे पठाउनमा संलग्न रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र…