काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेसँग बेलाबखत असमझदारी भइरहने बताएका छन् ।
चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस-एमालेको सहमतिअनुसार नै सरकार अघि बढिरहेको बताएका हुन् ।
‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो,’ देउवाले भने, ‘तर सरकार समझदारीमै अगाडि बढिरहेको छ ।’




















प्रतिक्रिया