Logo

प्रमुख समाचार

म रिटायर्ड हुनुअघि नै कांग्रेसलाई एकढिक्का बनाउने इच्छा छ : देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिबाट रिटाएर्ड हुने समय आएको बताएका छन् । उनले रिटायर्ड हुनुअघि नै कांग्रेसलाई एकढिक्का बनाउने इच्छा पनि व्यक्त गरे ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले पार्टी भित्रको गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरे । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ ।

हाम्रो पार्टीको रोग नै यही हो,’ देउवाले भने, ‘हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’

पार्टीभित्र एकता भए निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने र अरु पार्टीसँग तालमेल गर्न नपर्ने उनले बताए । ‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ,’ उनले भने, ‘हिजो माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलिएको छ, के गर्नुहुन्छ ?

हामी ठूलो पार्टी भए पनि बहुमत थिएन । हाम्रो पार्टीमा सबै एक भयौं भने हाम्रो एक्लैले पनि बहुमत ल्याउन सक्छ ।’ नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनले बताए ।

‘यही पार्टीको सभापति भएँ, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन,’ देउवाले भने ।

निर्वाचनमा एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले पाउनेलाई सहयोग गरेर अघि बढ्न सके पार्टी बलियो हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार १५:१९   :  बजे

441
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।