Logo

प्रमुख समाचार

रुपन्देही ३ मा एमालेले भट्टराईलाई उम्मेदवार बनाउने



काठमाडौँ । रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। एमाले नेता अब्दुस मियाँका अनुसार पार्टीले भट्टराईलाई उम्मेदवार बनाउने भएको हो ।

पछिल्लो संसदीय निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित बनेका थिए। तर, २०८१ चैत १९ गते उनको निधन भएपछि उक्त क्षेत्र रिक्त छ। रिक्त उक्त स्थानमा एमालेबाट भट्टराई उम्मेदवार बन्ने भएका हुन् ।

भट्टराई पार्टीको केन्द्रीय विपद् व्यवस्थापन विभाग प्रमुख हुन्। राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका उनी पार्टीको पोलिटब्यूरो सदस्य हुन्। भट्टराईसहित त्यहाँ दधिराम न्यौपाने, भरत पोखरेल, हरि अधिकारीलगायतका नेताहरू आकाङ्क्षी थिए तर, पार्टीले भने भट्टराईलाई टिकट दिएको हो।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार १५:१८   :  बजे

408
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।