काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोबिता गौतमले जनता बेचिँदा सांसदको मौनता लज्जास्पद रहेको बताएकी छिन् । आइतबार संसद्को दृश्यबारे सामाजिक सञ्जालमा लेख्दै उनले भिजिट भिसा प्रकरणको प्रसंग उठाउँदै राज्यकै संरक्षणमा जनता बेचिनु लज्जास्पद भएको बताएकी हुन् । ‘यदि राज्यको संरक्षणमै जनता बेचिन्छन् भने जनप्रतिनिधिको मौनता लज्जास्पद मात्र होइन, दायित्वबोधबाट उम्किएको स्पष्ट प्रमाण हो,’ सांसद…