काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसदलाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले अध्यादेश ल्याउने प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने गरी नआएको माओवादीको निष्कर्ष रहेको बताए…