काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसदलाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले अध्यादेश ल्याउने प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने गरी नआएको माओवादीको निष्कर्ष रहेको बताए । उनले भने,‘संसद् अधिवेशनलाई थप प्रभावकारी र व्यवस्थित कसरी बनाउने, माओवादीको तर्फबाट जनताका आवाज कसरी उठाउने र विपक्षी दललाई साथ लिनुपर्ने जिम्मेवारी छ। यो विषयमा पनि छलफल भयो।’




















प्रतिक्रिया