Logo

प्रमुख समाचार

सरकार ढल्छ भनेर म्याद तोक्नेहरू छटपटाएका छन् : प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका विभिन्न क्षेत्रहरुमा उत्पन्न समस्या समाधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यको आवश्यकता रहेको बताएका छन्। उनले दुइ दल मिलेर सरकारले सुशासन कायम गर्दै अर्थतन्त्रलाई सक्रिय बनाउनु र नागरिकमा आशा जगाउनु आवश्यक रहेकाे बताका हुन् ।

ज्ञवालीले काठमाडौंमा बिहीबार भएको प्रेस चौतारी नेपाल ललितपुरको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै भने, “कांग्रेस र एमाले बीच प्रतिस्पर्धा सहज रूपमा हुने भए पनि जब देश र व्यवस्थामा संकट आउँछ, तब यी दुई दल मिलेर समाधान खोज्ने गरेका छन् ।”

उनले सहकारी ठगी प्रकरणमा सरकारले सबै दलका सदस्यहरूसमेत मुद्दा चलाइरहेको जानकारी दिँदै भने, “कुनै पनि गल्ती छ भने सडक अदालतको फैसलालाई अर्थ दिन सकिँदैन ।”

ज्ञवालीले सरकार ढल्छ भन्ने म्याद तोक्नेहरु अहिले सरकारको स्थिरतासँग छटपटाएको उल्लेख गर्दै, “सत्तारूढ दल कांग्रेस र एमाले बीचको सम्बन्ध बलियो हुँदै गएको देख्दा विभिन्न शक्तिहरू असफल भएका छन् ।”

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि यस प्रकरणको केन्द्रमा रहेको बताएका छन् ।

“देश अहिले राम्रो अवस्थामा छैन भने पनि सकारात्मक दिशामा अघि बढिरहेको छ । माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न अर्को १० वर्ष लाग्नेछ,” उनले भने ।

सामाजिक सञ्जाल र मिडिया बारे चर्चा गर्दै उनले सरकारको नियमनको लागि ऐन ल्याउने तयारी रहेको जानकारी दिएका छन् । “सञ्चार क्षेत्रसँग छलफल गरेर विधेयक परिमार्जन गरिनेछ,” उनले भने ।

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १३:३३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।