Logo

प्रमुख समाचार

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय



काठमाडौं । विपक्षी दलहरूको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विपक्षी दलहरूको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।

‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ । यो प्रक्रियाका हिसाबले पनि बेठिक छ,’ उनले भने,’ अध्यादेशमा विपक्षी दलहरूले बेठिक भएको ठहर गर्दै यसलाई अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।’

सिंहदरबारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागी छन् ।

माघ १८ गते बस्ने संसद बैठकमा सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १२:००   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।