काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले परिस्थिति परिपक्व नभएसम्म संविधान संशोधन काम अघि नबढ्ने प्रष्ट पारेका छन् । एमाले दाङ जिल्ला कमिटी, प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्य समितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले सबैको सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका हुन् । संविधान कार्यान्वयनको…